योङ ब्वायजमाथि बार्सिलोनाको फराकिलो जित
मेरोन्यूज
२०८१ असोज १६ गते ७:४९

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले स्विस क्लब योङ ब्वायजलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले योङ ब्वायजलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने राफिन्हा र इनिगो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल योङब्वायजका मोहमद अलि कामाराले आत्मघाती गोल गरेका थिए ।
यसअघि पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो । त्यस्तै योङ ब्वायजले भने लगातार दोस्रो हार बेहोरेको छ ।
बार्सिलोनाले अब अर्को खेल अक्टोबर २४ मा बायर्न म्युनिखसँग खेल्ने तालिका रहेको छ भने योङ ब्वायजले सोहि दिन इन्टर मिलानको सामना गर्ने छ ।
सम्बन्धित
















Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया