बिहीबार, चैत १२, २०८२

नेपालले आज ओमानविरुद्ध खेल्दै

मेरोन्यूज २०८१ असोज १६ गते ९:२०

काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दै छ ।  सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित बभएको नेपाल, दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् । 

प्रतिक्रिया