भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले बनायो केन्द्रीय निर्देशन समिति

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठनहरुको महाधिवेशन गराउन महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको साउन २३ गतेको निर्णय अनुसार कांग्रेसले नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको हो । महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउन केन्द्रीय समितिले निर्देश गरेको थियो ।
विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन समेत गर्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति देहाय बमोजिम गठन गरेको छ ।
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री उमाकान्त चौधरी — संयोजक
२. केन्द्रीय सदस्य पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य रुक्मिणी कोइराला — सदस्य
नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२. केन्द्रीय सदस्य सरिता प्रसाई — सदस्य
३. केन्द्रीय सदस्य जीतजंग बस्नेत — सदस्य
नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री किशोर सिंह राठौर — संयोजक
२. केन्द्रीय सदस्य राजीव ढुंगाना — सदस्य
३. केन्द्रीय सदस्य प्रतिमा गौतम — सदस्य
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया