बालिकालाई यौन दुर्ववहार गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । प्रहरीले यौन दुव्र्यवहार गरेको अभियोगमा ओखलढुंगा र भक्तपुरबाट २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले १५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-१२ बस्ने सुनकोशी गाउँपालिका-९ घर भएका ३९ वर्षीय दल बहादुर कार्की रहेका छन् ।
पक्राउ परेका कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका-५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

















सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया