एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहने छ । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डि’ मा अफ्गानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं रहेका छन् । महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ ।
समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलंका छन् । सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिए । पहिलो दिन पुरुष-महिला दुवै नेपालले समूह चरणका सबै खेल खेल्ने छ ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो ।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको बताउदै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोश्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् ।
सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको पहिलो पटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया