तिब्बतको गुड विल फाउन्डेसनद्वारा काठमाडौंका बाढीपीडितलाई राहत सामाग्री प्रदान

काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।
चिनिया गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउन्डेसनले चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा यी राहत सामाग्री वितरण गरेको हो । ‘चुनौतीहरूको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच सीआरडीएफका कर्मचारीहरुले काठमाडौंको टेकुमा बसोबास गर्ने ४२ घरपरिवारलाई राहत प्याकेज वितरण गरेका छन् ।
यो राहत प्याकेजमा दैनिक प्रयोग हुने सामाग्रीहरू टुथपेस्ट, टुथब्रश, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरूका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् ।
गुडविल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत असोज ११ र १२ गते काठमाडौँ उपत्यका र नेपालका अन्य भागहरू लगातार भारी वर्षापछि आएको विनाशकारी बाढी र पहिरोले मानव जीवन र सम्पत्तिमा ठूलो क्षति पु(याएको छ । २२० जना भन्दा बढी व्यक्तिले आफ्नो जीवन गुमाएका छन्, दर्जनौं बेपत्ता भएका छन्, र सयौं घाइते भएका छन् । यस घटनालाई मध्यनजर गर्दै, चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टसँग मिलेर हामीले ‘नेपालको विनाशकारी बाढी राहत सहयोग अभियान’ सुरू गरेका छौं । यो अभियानलाई विभिन्न चरणमा हामीले निरन्तरता दिनेछौं ।’
राहत सहयोग गर्नका लागि सीआरडीएफका कर्मचारीहरुको विदा कटौती गरिएको थियो । यतिबेला नेपालमा रहेका सीआरडीएफका कर्मचारीहरु चीनको राष्ट्रिय दिवसको अवसरमा एकहप्ते छुट्टीमा छन् ।
जीडब्लुएफ र सीआरडीएफबीच नेपालमा गरिएको यो दोस्रो ठूलो सहकार्य हो । यसअघि जीडब्लुएफले कोरोना महामारीको समयमा सन् २०२० मा ‘महामारी नियन्त्रण’ परियोजना अन्तर्गत नेपाललाई पाँच लाख ५० हजार सुरक्षात्मक मास्क र ७५ अक्सिजन जेनेरेटरहरू प्रदान गरेको थियो ।
गुडविल फाउन्डेसन लामो समयदेखि नेपालमा जनहितका परियोजनाहरूमा संलग्न छ । फाउन्डेसनले विशेष गरी बेरोजगार युवाहरूलाई रोजगारी प्रवर्द्धन गर्न र उनीहरूको जीवनस्तर सुधार गर्न सीप प्रशिक्षणमा सहयोग पु(याउँदै आएको छ ।
फाउन्डेसनले भविष्यमा पनि नेपाली जनताको जीवनस्तर सुधार र सीप प्रशिक्षण परियोजनाहरू अघि बढाउने योजना बनाएको जनाएको छ ।
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया