अन्तत: जोगियो कर्णालीका मुख्यमन्त्रीको पद
एमाले सांसदले फ्लाेरक्रस गर्दा शाहीको पक्षमा २२ मत, विपक्षमा १५ मत
मेरोन्यूज
२०७८ वैशाख ३ गते १७:२९

सुर्खेत । अन्तत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पद जोगिएको छ ।
एमालेकै ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शुक्रवार प्रदेश सभा वैठकमा लिन चाहेको विश्वासको मतमा फोलर् क्रस गरेर मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन्।
मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनका लागि २० सांसदको आवश्यक थियो । तर माधव नेपाल पक्षका सांसदहरुले फलोर क्रस गरेर उनलाई साथ दिएपछि मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद पुगेका छन् ।
काग्रेसले पनि मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको थियो । प्रदेश सभामा माओवादीका १२, काग्रेसका ६ सांसद थिए । एमालेको सभामुख सहित २० मत रहेको थियो । १ सिट रहेको राप्रपाले भने तटस्थताको नीति लिएको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया