दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
मेरोन्यूज
२०८१ असोज १९ गते २१:२६

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गएराति बर्दघाट‐४ स्थित दाउन्ने जङ्गलको खुुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात सञ्चालन हुनसकेको थिएन ।
सडक मर्मतपश्चात् आज शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा आए पनि हाल यात्रुुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिप्परजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुुयालले दाउन्ने सडक अहिले पनि पूर्ण रूपमा सञ्चालनमा नरहेको र सडक मर्मत कार्य भइरहेको जानकारी दिए ।
सम्बन्धित
















युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित अदालतमा पेश
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया