गुण्डुमा ६९ जनाद्वारा रक्तदान

भक्तपुर । प्राकृतिक विपत्तीका कारण रगतको अभाव हुन नदिने उद्देश्यका साथ गुण्डुमा ६९ जनाद्वारा रक्तदान गरिएको छ ।
विकास संरक्षण तथा प्रवद्र्धन अभियानले आज सूर्यविनायक नगपालिका वडा नं. ७ मा आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन ।
सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात् गर्दै रगतको अभावका कारण भक्तपुरवासीले अकालमा नै ज्यान गुमाउनु नपरोस् भन्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक दिनेश थापाले बताए ।
केही दिन अघि आएको बाढी पहिरोका कारण देशका धेरै ठाउँहरु डुवान, पहिरो लगायतका भौतिक, मानवीय तथा जनजीवन समेत अस्तव्यस्त हुँदा भक्तपुर पनि अछुतो रहन नसकेका कारण प्राकृतिक विपत्तीका कारण उत्पन्न दुःखद् परिस्थितीलाई केही मात्रामा भएपनि सहजता पैदा गर्न रक्तदान अयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा लगायतका नेता, कार्यकर्ता, समाजसेवी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया