बिहीबार, चैत १२, २०८२

बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाले ज्यान गुमाए

मेरोन्यूज २०८१ असोज २० गते १०:०४
झ्याप्ले खोला– डोजरको सहायताले सवारी निकाल्दै उद्धारकर्मी धादिङ, १३ असोजः धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएको सवारी डोजरको सहायताले निकाल्दै उद्धारकर्मी । तस्बिरः शंकर श्रेष्ठ÷रासस

काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छभने ७५ जना घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए।

प्रतिक्रिया