प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीले रु पाँच करोड हस्तान्तरण गरेको छ । सो रकमको चेक आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हस्तान्तरण गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकामध्ये सबैभन्दा बढी हो ।
यसैगरी, आजै नेपाल इन्सुरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्सुरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गरे । उक्त रकमसहित आज आइतबारसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख पुगेको छ । सहयोग गर्ने सबै संस्थालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए ।










एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया