सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु
मेरोन्यूज
२०८१ असोज २० गते २१:२८

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आज आइतबार देखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छ भने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनिले बताइन् । यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।
सम्बन्धित
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया