बिहीबार, चैत ५, २०८२

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

मेरोन्यूज २०८१ असोज २० गते २१:१९

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु. १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट रु. पाँच करोड हस्तान्तरण भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी नेपाल बैंक लिमिटेडबाट रु. दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट रु. एक करोड, एनएमबी बैंकबाट रु. ५१ लाख, नेपाली काँग्रेसबाट रु. ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रु. ५० लाख, नेपाल इन्स्योरेन्सबाट रु. ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट रु. २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । 

प्रतिक्रिया