बिहीबार, वैशाख १८, २०८२

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

मेरोन्यूज २०८१ असोज २१ गते ९:२१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । 

रायोको साग प्रतिकेजी १४० रुपैयाँ, बरेला १३० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ, भेडे खुर्सानी ३५० रुपैयाँ, हरियो लसुन ३५० रुपैयाँ फूजी स्याउ ३००, केरा १४० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया