जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलायन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ।
चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा आयाजित प्रोग्रेसिव एलाइन्सको ग्लोबल कन्भेन्सनबाट जसपा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो। यससँगै १९० देशका राजनीतिक पार्टीहरु सदस्य रहेको प्रोग्रेसिव एलायन्सको जसपा नेपाल सदस्य पार्टी भएको छ।
प्रोग्रेसिव एलाइन्स सम्पूर्ण महादेशहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो।
प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको रक्षा, लैङ्गिक विभेद, सामाजिक आर्थिक तथा जातिय विभेद, असमानता र उत्पीडनको अन्त्य, पर्यावरणीय सुरक्षाजस्ता अवधारणाहरुका साथ प्रोग्रेसिव एलाइन्सको कन्भेन्सन सम्पन्न भएको छ।
उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया