संसदीय समितिद्वारा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अवलोकन

काठमाडाैं । संसदीय समितिले रवीभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम्)ले सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिएको छ ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाको नेतृत्वमा रहेको समितिको टोलीले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा अवलोकन र अन्तरक्रिया गरी जानकारी हासिल गर्याे । प्रतिष्ठानका कार्यकारी निर्देशक दिपक थापाले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिपमूलक जनशक्ति तयार गर्ने हेतुले स्थापना गरिएको प्रतिष्ठानले विभिन्न शैक्षिक कार्यक्रमतर्फ दुई हजार ४०० तथा तालिमतर्फ ५४ हजार गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गरिसकेको जानकारी दिए ।
मुलुकका सातै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा पहिलो चरणमा झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र नेपालगञ्जमा शाखा विस्तारको काम अघि बढिसकेको जानकारी दिँदै उनले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले हालको प्रतिस्र्धी बजारसमेतमा सहजै प्रवेश पाउदैँ आएको बताए । निजी क्षेत्रका कलेजका तुलनामा निकै सुलभ शुल्कमा गुणस्तरीय तालीम प्रदान गर्दै आएको उक्त प्रतिष्ठानले प्रदान गर्ने शैक्षिकलगायतका विभिन्न विधा र अवधिका तालिममा एक हजार ६०० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
सो अवरमा समितिका सभापति निरौलाले मुलुकका प्रत्येक स्थानीय तहमा पर्यटन विकास र प्रवद्र्धनको प्रशस्त सम्भावा रहेको हुँदा नेपालको कला, संस्कृति र अन्य मैलिक पक्षलाई उजार गर्दै पर्यटन विकास र विस्तारमा जुट्न आग्रह गरे । उनले भने, “प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरी सरकारी कलेजका रुपमा गौरव गर्न लायक नमूना प्रस्तुत गर्न सकोस्, पूर्वाधार निर्माणमा अरुको नक्कल गर्ने होइन, हामीले हाम्रो मौलिकता कायम गरौँ ।”
होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायकारुपमा रहेको प्रतिष्ठान गुणस्तरीय प्राविधिक शिक्षाका लागि सवैको रोजाइमा रही आएको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया