संसदीय समितिद्वारा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अवलोकन

काठमाडाैं । संसदीय समितिले रवीभवनस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम्)ले सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिएको छ ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाको नेतृत्वमा रहेको समितिको टोलीले प्रतिष्ठानको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर र सञ्चालन भइरहेका तालिमका सम्वन्धमा अवलोकन र अन्तरक्रिया गरी जानकारी हासिल गर्याे । प्रतिष्ठानका कार्यकारी निर्देशक दिपक थापाले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिपमूलक जनशक्ति तयार गर्ने हेतुले स्थापना गरिएको प्रतिष्ठानले विभिन्न शैक्षिक कार्यक्रमतर्फ दुई हजार ४०० तथा तालिमतर्फ ५४ हजार गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गरिसकेको जानकारी दिए ।
मुलुकका सातै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा पहिलो चरणमा झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र नेपालगञ्जमा शाखा विस्तारको काम अघि बढिसकेको जानकारी दिँदै उनले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले हालको प्रतिस्र्धी बजारसमेतमा सहजै प्रवेश पाउदैँ आएको बताए । निजी क्षेत्रका कलेजका तुलनामा निकै सुलभ शुल्कमा गुणस्तरीय तालीम प्रदान गर्दै आएको उक्त प्रतिष्ठानले प्रदान गर्ने शैक्षिकलगायतका विभिन्न विधा र अवधिका तालिममा एक हजार ६०० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
सो अवरमा समितिका सभापति निरौलाले मुलुकका प्रत्येक स्थानीय तहमा पर्यटन विकास र प्रवद्र्धनको प्रशस्त सम्भावा रहेको हुँदा नेपालको कला, संस्कृति र अन्य मैलिक पक्षलाई उजार गर्दै पर्यटन विकास र विस्तारमा जुट्न आग्रह गरे । उनले भने, “प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरी सरकारी कलेजका रुपमा गौरव गर्न लायक नमूना प्रस्तुत गर्न सकोस्, पूर्वाधार निर्माणमा अरुको नक्कल गर्ने होइन, हामीले हाम्रो मौलिकता कायम गरौँ ।”
होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायकारुपमा रहेको प्रतिष्ठान गुणस्तरीय प्राविधिक शिक्षाका लागि सवैको रोजाइमा रही आएको छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया