बाढीपहिरोमा मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । यही असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म २४६ जनाको मृत्यु पुष्टि भएको छ ।
यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
१७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
बाढीपहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाए । वाग्मतीमा सातजना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । उपत्यकामा पनि सातजना बेपत्ता छन् ।
बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए । त्यहाँ २० जना बेपत्ता छन् । मधेस प्रदेशमा नौजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

















इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया