प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित एक समारोहमा प्रधानसेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यही असोज १८ गते पाठक उपरथी दर्जामा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उपरथी पाठकलाई नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त गरिएको छ ।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीद्वय मनिकुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुशिल महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथी तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथी एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया