विपदबाट बच्न कृत्रिम अभ्यास

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटको तल्लो बजार सिमसार क्षेत्रमा आज सोमबार विपद प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकायको संयुक्त सहभागितामा कृत्रिम अभ्यास गरेको हो ।
उक्त अभ्यासमा परालको छानो भएको घरमा आगो लगाएको थियो । आगलागी भएको सूचना जिल्ला प्रशासनमा प्राप्त भयो र प्रशासनले विपद व्यवस्थापन टोली खटाइ घटनास्थलमा पुगेर आगो निभाएको छ ।
अभ्यास कृत्रिम भए पनि वास्तविक झैँ गरी प्रदर्शन गरेको थियो । आगलागीमा परी घर जलेका महिलाले आगो निभाउने क्रममा घाइते भएको र विपद व्यवस्थापन टोलीले तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाएको अभ्यास गरेको थियो । आगलागीको कृत्रिम घटना गराइ निभाउन पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेकका सेनानी प्रतीकसिंह राठौरले बताए ।
हुम्लामा सबैभन्दा बढी विपदका घटनामध्ये आगलागी भइरहने हुँदा यसबाट बच्न पूर्वअभ्यास गरेको सेनानी राठौरको भनाइ छ । आगलागीका घटना हुन नदिन र यदी भइहालेमा कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न पूर्वतयारीस्वरुप सुरक्षा निकायले पूर्वअभ्यास गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
विपदका घटना जतिखेर पनि आइपर्ने भएकाले पूर्वतयारीका लागि सुरक्षाकर्मीले गरेका अभ्यास सकारात्मक भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । आज सोमबार भएको कृत्रिम अभ्यासमा प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राई, अनुसन्धान अधिकृत राजकुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
















प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया