दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान
मेरोन्यूज
२०८१ असोज २२ गते ८:४२

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ ।
फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गरेकाे विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका कारण संवेदनशील हुन अनुरोध गरेका हुन् ।
असहज अवस्थामा कम यात्रा गर्न, मितव्ययी बनी चाड मनाउन फाउन्डेसनले सबैमा आह्वान गरेको छ । फाउन्डेसनले सांस्कृतिक पर्वलाई संवेदनशील, सद्भावना, कम यात्रा र लागत प्रभावकारी रूपमा मनाउन जिम्मेवार नागरिकमा अनुरोध गरेको हो ।
फाउन्डेसनले नेपाल तथा नेपाल बाहिर रहेका सबै दिदीबहिनी तथा दाजुभाइमा बडादसैँको शुभकामनासमेत व्यक्त गरेको छ ।
सम्बन्धित












यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया