बिहीबार, वैशाख १८, २०८२

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍याे लाभांश

मेरोन्यूज २०८१ असोज २२ गते ११:४२

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकबाट सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको हो ।

सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया