भारतबाट जमुनाह नाका हुँदै फर्किएका १५ नेपालीमा कोरोना

राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाका हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक जना रोल्पा, तीन जना बर्दिया, चार जना दैलेख, छ जना बाँके र एक जना सुर्खेतका रहेका छन् ।
बाँकेमा शुक्रबारमात्रै १९९ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । (रासस)










रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै
बालबालिकामा कुपोषण दर उच्च
पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक
प्रवासी नेपालीलाई पनि भोट हाल्न दिन अध्यादेश ल्याउने तयारी
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया