सरकारलाई अहिले गाली गर्दिनँ तर परिस्थिति धेरै जटिल देख्दैछु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा ‘प्रचण्डले अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए । उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।
उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुनर्निर्माण र पुनर्स्थापनाको चुनौती छ ।’
उनले अहिले सरकारलाई गाली गर्ने नभई मिलेर राहत, उद्धार र पुनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताए । आफू पनि सरकारलाई गाली गर्ने पक्षमा नरहेको उल्लेख गर्दै ‘प्रचण्ड’ले अवस्था भने जटिल रहेको बताए ।
देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको ‘प्रचण्ड’को भनाई थियो । यस्तै ‘प्रचण्ड’ले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताए । विगतमा आफ्नै सक्रियतामा भएको संविधान संशोधनले मधेशी दल र जनतालाई चुनावमा सामेल गर्न सम्भव भएको ‘प्रचण्ड’को भनाई छ ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
प्रतिक्रिया