बङ्गलादेशमा प्रदर्शनका क्रममा मौन बस्नु गल्ती भएको साकिबको स्वीकारोक्ति

बङ्गलादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् ।
बङ्गलादेशको क्रिकेटका पूर्व कप्तान साकिब सन् २०२४ को सुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए । अगस्टमा हसिनाको राजीनामापछि संसद विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उहाँले बङ्गलादेशको सांसदको रूपमा सेवा गरेका थिए ।
हसनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका छन्। नोटमा भनिएको छ, “आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।” मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उनले भनेका छन्, “कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु।
यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ।” बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियााे । आन्दोलनका समय शाकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका थिए र त्यसपछि उनी बङ्गलादेश फर्किएका छैनन्। हसिनाको बहिर्गमनपछि देशमा गठित अन्तरिम सरकारको स्वीकृतिमा उनले बङ्गलादेशी टोलीसहित पाकिस्तान र भारतको भ्रमण गरेका छन् ।
हसीनाका विरोधीहरूले बहिष्कार गरेको जनवरीमा सम्पन्न निर्वाचनमा शाकिब संसद् निर्वाचित भएका थिए। उनले आफ्नो गृहनगरको विकासमा योगदान गर्न चाहेकाले आफूले चुनाव लड्ने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्, “यदि आफ्नो तोकिएको स्थान छैन भने बङ्गलादेशमा विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्न कठिन छ ।”
शाकिबले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो तर यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट श्रृङ्खला खेल्न चाहेको बताउनुभएको छ ।
उनले आफ्नो फेसबुक पोस्टमा भन्नुभएको छ, “आफ्ना सबै प्रशंसकहरूसँग ‘बिदाइ’ हुने अवसर मेरो इच्छा हो ।” उनले भने, “तपाईहरू सबैलाई थाहा छ, म चाँडै नै आफ्नो अन्तिम खेल खेल्नेछु । म आशा गर्दछु कि मेरो बिदाइको घडीमा तपाईंहरू सबै मेरो साथमा हुनुहुनेछ।”
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया