इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन् ।
बिहीबार मध्यरातमा कुनै चेतावनी बिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो ।
सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो ।
प्रत्यक्षदर्शीहरूले आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे ।
लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ ।
यसैबीच, चिकित्सा स्रोतहरूले गाजा पट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया