जनमत पार्टीका शीर्ष नेता जसपा नेपालमा प्रवेश

काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालले पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम लगायत थुप्रै नेता पार्टी प्रवेश गरेका हुन् ।
करिमा बेगमका साथै जनमत पार्टीका राजनीतिक समिति सदस्य शशि कपुर मियाँ, केन्द्रीय सदस्यहरू सब्बो खातुन, विजय यादव, सुधीरनाथ पाण्डे, प्रदेश समिति सदस्य शानि दिवेदी, राजकुमार ठाकुर, विजय राम पनि जसपा नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै जनमत पार्टी निकट मुस्लिम संघका पर्सा जिल्ला अध्यक्ष औरन्जेब अन्सारी, जिल्ला उपाध्यक्ष परबेज अख्तर, प्रमोद यादव, जिल्ला समिति सदस्य मजिद देवान, जितेन्द्र चौरसिया, सायद अलि, जयकुमार मिश्रा, अजिम मियाँ हावारी, संजय साह, इमराना खातुन, रेयाज मियाँ, बिरगंज महानगर उपाध्यक्ष संगिता तिवारी, महानगर सचिव राजेश यादव, पटेर्वा सुगौली गापा अध्यक्ष रेयाज अहमद लगायतका नेता कार्यकर्ताले जसपा नेपालमा प्रवेश गरेका छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया