भारतमा एक नेताको गोली हानी हत्या

काठमाडौं । भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो ।
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो ।उनी ४८ वर्षदेखि कांग्रेसमा थिए । यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।
भारतीय मिडियाहरुका अनुसार उनको हत्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ चलिरहेको छ ।
उनी छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको थियो । मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । अरु दुई जना भने फरार छन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया