२९ खानेपानी योजना सम्पन्न
मेरोन्यूज
२०८१ असोज २७ गते १५:०१

तनहुँ। आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।
गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक योजना सम्पन्न भएका डभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिए।
प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित,पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् ।
आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएकोे छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
प्रतिक्रिया