बिहीबार, वैशाख २४, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणका लागि प्रस्थान

मेरोन्यूज २०८१ असोज २७ गते १५:१९

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया प्रस्थान गरेकी छन्।

Advertisement
NiccNicc

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३–१५ सम्म अल्जेरियाको भ्रमण गर्नेछिन्।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गनछिन् ।

भ्रमणको अन्त्येमा उनले अक्टोबर १७–१९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया