लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ को अवस्था गम्भिर
मेरोन्यूज
२०८१ असोज २७ गते १५:३८

काठमाडौं । लमजुङमा जिप दुर्घटना भएको छ ।
लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जिप आज बिहान मकैडाँडा मोडमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी २२ जना घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।
गम्भिर घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया