महाबैमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

कालीकोट । कालीकोटको महाबै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। चालू आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो।
चालू आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु. एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए। ‘चालू आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,’ उनले भने, ‘साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ।’
मापदण्डभित्रका एकल पुरुष काम गर्न शारीरिक रूपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरूको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।
‘६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,’ उनले भने, ‘त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ।’ गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्षसम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया