बिहीबार, चैत १२, २०८२

पूर्व मन्त्री डम्बर श्रेष्ठ निधन

मेरोन्यूज २०८१ असोज ३० गते १२:३३

काठमाडौँ । पूर्व मन्त्री डम्बर श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधवार बिहान निधन भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए । नेकपा मालेले बुधवार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ ।

प्रतिक्रिया