बिहीबार, चैत १२, २०८२

एनपीएलका लागि पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

मेरोन्यूज २०८१ कार्तिक १ गते ९:०७

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ। आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९९ रन बनाएका छन् भने ३ एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । पोखराले यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन्।

प्रतिक्रिया