आज कार्तिक २ गते शुक्रवारकाे राशिफल,तपाइकाे आजकाे दिन कस्ताे रहला ? हेर्नुहाेस राशिफल

काठमाडौं । आज २०८१ साल कार्तिक २ गते शुक्रवार तदनुसार सन् २०२४ अक्टोबर १६ तारिख । असोज शुक्ल पक्षको द्वादशी तिथि । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहुन सक्छ ।
वृष :आज धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।
कर्कट : आज अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।
सिंह : नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कन्या : आज दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुनेछन् । धार्मिक यात्राको योग छ ।
तुला : आज आफन्त र प्रिय व्यक्तिसँग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।
वृश्चिक : आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो कार्यको प्रारम्भ हुनेछ । खानपिन र मनोरञ्जनमा अभिरुचि पनि बढ्नेछ ।
धनु : लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । अशुभ दुवै समाचार सुनिएला । मित्रसँग मीठो भेट घाट नरहला ।
मकर : आज शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
कुम्भ : सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।
मीन : आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
















अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया