ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ ।
ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्नेगरि तयार पारिएको संक्षिप्त रूप हो।
वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बावजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर रहँदै आएको छ ।
मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताको रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ।
भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी अक्टोबर २२ र २३ मा रुस जाने जनाएको छ ।
गत जुलाईमा मस्कोको भ्रमण गरेका प्रधानमन्त्री मोदीको यो उकै बर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो।
रूस भारतका लागि तेल र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारी प्रश्नचिन्ह खडाभएको छ ।
युक्रेन युद्धले भारतलाई परम्परागत रूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ।
युरोपमा परम्परागत खरीदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनः संरचना गरेको छ, भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बौँ डलर योगदान गरेको छ।
सन् २००९ मा ब्राजिल,रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित यस सङ्गठनमा इरानलगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताएको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया