बुधबार, चैत ४, २०८२

कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल

मेरोन्यूज २०८१ कार्तिक ३ गते ६:५२

आज मिति वि.सं.२०८१ कार्तिक ०३ गते शनिबार ई.सं.२०२४ अक्टोबर १९ नेपाल सम्बत ११४४ कौलागा द्वितीया, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक कृष्ण द्वितीया, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्धि योग, गर करण ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तो छ तपाईंको राशिफल :

मेष : बोलीको भरमा काम सम्पादन हुने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ । नियमित काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ ।

वृष : आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ । मालमत्ता चोरी वा नष्ट हुने सम्भावना रहेकोले सचेत रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

मीथुन : अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । बौद्धिकताले समस्या समाधानमा सघाउ पुग्नेछ ।

कर्कट : रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्न सक्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने तथा प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ ।

सिंह : आत्मविश्वास बढ्नेछ । प्रतिस्पर्धा वा मुद्दा(मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् ।

कन्या : प्रतिष्ठित काम गर्ने मौका मिल्ने तथा काममा सहयोग प्राप्त हुने समय छ । अरूलाई प्रभावित पारेर कार्यसिद्धि गर्न सकिएला । दिन उत्साहपूर्ण रहला । टाढिएका आफन्तजन नजिकिने योग छ ।

तुला : सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सचेत रहनुहोला ।

वृश्चिक : आजको दिन केही विवादमा परिने समय छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । आज सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । खर्च र व्यस्तता बढ्ने छ ।

धनु : नयाँ काममा हात हाल्ने तथा स्थायी सम्पत्ति जोड्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला ।

मकर : आर्थिक उपार्जनमा सुधार आउला । भाग्योन्नतिको समय रहेकोले सहयोगीहरूले साथ दिनेछन् भने काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कुम्भ : प्रतिस्पर्धी परास्त हुने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बाध्यताका काममा जुट्नुपर्ने हुन सक्छ ।

मिन : परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव वृद्धि हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर आउला, मौकाको लाभ उठाउने प्रयत्न गर्नुहोला । आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ ।

प्रतिक्रिया