शनिबार, पुष १२, २०८२

सभापति पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

मेरोन्यूज २०८१ कार्तिक ३ गते १०:३६

पोखरा । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ।

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया