मंगलबार, वैशाख १६, २०८२

संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन् :  उपसभापति स्वर्णिम वाग्ले

मेरोन्यूज २०८१ कार्तिक ३ गते १६:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपरधी अहिलेको मन्त्रिपरिषद्‌मा रहेको बताए ।

उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनको दाबी छ । उनले अहिले कुशासनको अभ्यास भइरहेको पनि बताए ।

प्रतिक्रिया