मलेसियाले श्रमिकको न्यूनतम तलब बढाएर पुर्यायो १७०० रिंगेट

काठमाडौं । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ।आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो।
हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ।
आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।
पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने उनको भनाइ छ।
औद्योगिक तथा उत्पादन प्राविधिकहरूको न्यूनतम तलब भने यसअघि नै दुई हजार २९० रिंगेट छ। मेकानिकल इन्जिनियरको तलब तीन हजार ३८० र क्रियटिभ कन्टेन्ट डिजाइनरको दुई हजार ९८५ रिंगेट तलब छ।
मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो। मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया