मिथिलामा आज करबाचौथ पर्व मनाइँदै

जलेश्वर । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करबाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरूले आज पतिको दीर्घायुको कामना गर्दै करबाचौथ पर्व मनाइरहेको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेका पुजारी पं उपेन्द्र पाठकले बताए ।
दिनभरि उपवास गरेर राति चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै पर्वलाई समापन गरिन्छ । आज बिहानदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाहरू पूजापश्चात् जल ग्रहण गर्दछन् भने त्यसपछि पतिलाई नानाथरीका प्रसाद र पकवानहरू खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको पं बद्रीनारायण झाले बताए ।
यस पर्वमा मिथिलानीहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहना, सिउँदोमा सिन्दूरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जाली सहितको आटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा र त्यसछि सोही चाल्नाबाट आ–आफ्ना पतिलाई उभ्याएर दर्शन गर्ने प्रचलन छ ।
चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनः त्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यस पर्वको प्रमुख प्रक्रिया हो । करबाचौथ पर्व तराई मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया