कपाल प्रत्यारोपण र दन्त चिकित्सामा प्रख्यात भरतपुरको केयरवे अब हेटाैंडामा पनि

काठमाडौं । विगत ३ वर्ष देखि भरतपुरमा कपाल प्रत्यारोपण, दन्त र त्वचा सम्बन्धि आफ्नो सेवा दिँदै आएको केयरवे मेडिकल क्लिनिकले हालै हेटौंडामा पनि आफ्नो सेवा सुरु गरेको छ ।
हेटौंडा मेनरोड स्थित कपुर कम्प्लेक्सको दोश्रो तलामा अत्याधुनिक प्रबिधि सहितको व्यवस्था सहित गुणस्तरीय सेवा दिने हेतुले सुरु गरिएको यस क्लिनिकमा हाल कपाल प्रत्यारोपण सेवा, चर्म रोग सम्बन्धि उपचार, दन्त चिकित्षा र सौन्दर्य सम्बन्धि विभिन्न सेवा सुरु गरिएको संस्थाकी प्रमुख कार्यकारी डा नमुना जमरकटेल बताउँछिन् । मकवानपर जिल्ला लगायत यस भेगमै पहिलो पटक उक्त सेवा सुरु भएको दाबी गर्दै उनी भन्छिन् “भरतपुरमा ३ वर्षको अनुभव पश्चात उक्त सेवा हेटौंडामा पनि सुरु गर्न पाउदा गौरन्वित भएकी छु।“
नेपालको प्राय सबै ठुलो सहरहरुमा सहजै उपलब्ध भयको देखिने यो सेवा हेटाैंडामा एकदम स्वागतयोग्य रहेको बताउँछन् स्थानिय समाजसेवी एवं अभिन्यता दिपेन्द्र सिंह ठकुरी । उनि भन्छन् “हेटौंडामा स्वास्थ्य सेवा पछिल्लो समय धेरै स्त्ररोंनती भएको पाइन्छ यद्दपी जनचेतनाको कमीले गर्दा अझै पनि स्थानीयहरु भरतपुर, काठमाडौँ जस्तो ठुलो सहर तिरै आकर्षित भएको पाइन्छ। “
प्रारम्भिक समयमा विशेष छुट र योजना सहित विभिन्न सौन्दर्य सम्बन्धि सेवाहरु जस्तै हाईड्रापÞmेसिअल, केमिकल पिलिंग, भेम्पायर पÞmेसिअल, सरिरमा रहेको मुसा, कोठी हटाउने, घाउ चोट लागेको दाग मेटाउने साथै दन्त बिभाग तर्फ दांत सेतो बनाउने, बाङ्गो टिङ्गो दांत मिलाउने, गिंजा सुन्दर बनाउने आदि, र कपाल झर्न रोक्न पी आर पी थेरापी , जी एफ सी थेरापी र डरमा रोलरमा आकर्षक छुट रहेको संस्थाकी व्यवस्थापक श्रुति ढुंगेलले बताइन् ।

















मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
कांग्रेसकाे तर्फबाट राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग
अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया