ग्रामीण बस्तीमा कालोपत्र सडक

नेपालगञ्ज । यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् ।
ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले बताए।
“सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ”, उनले भने। थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको बताए। बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दुरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ ।
जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए। खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए ।













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया