सुडानमा दुई दिनको लडाइँमा ५० भन्दा बढीको मृत्यु

एक अर्धसैनिक कमान्डर सेनामा भागेपछि आइतबारदेखि अल–जजिरा राज्यमा भएको झडपमा ५० भन्दा बढी मानिसको मृत्यु भएको मध्य सुडानका स्थानीय कार्यकर्ताहरूले बताएका छन् ।
राज्यको राजधानी वाद मदानीमा एक मस्जिदमा भएको सैन्य हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको युद्धग्रस्त देशभर सहायता समन्वय गर्ने सयौँ स्वयंसेवी समूहमध्ये एक स्थानीय प्रतिरोध समितिले मङ्गलबार बताएको छ । समितिले सेनामाथि ‘ब्यारल बम’ प्रयोग गरेको आरोप लगाउँदै उद्धारकर्ताहरूले ‘दर्जनौँ जलेका र विकृत शरीरहरू’ को अवशेष खोज्दै गर्दा मृतकहरूमध्ये आधाभन्दा बढीको पहिचान हुन नसकेको बतायो ।
राज्यको युद्धग्रस्त पूर्वी भागमा कार्यकर्ताहरूले आइतबारदेखि अर्धसैनिक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताएका छन् । सन् २०२३ अप्रिलदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चलिरहेको छ । युद्धमा हजारौँ मानिसको मृत्यु भएको छ र विश्वकै सबैभन्दा ठूलो विस्थापन र मानवीय सङ्कट सिर्जना भएको छ ।
दुवै सेना हाल मध्य सुडानको कृषि प्रधान अल–जजिरा राज्यमाथि नियन्त्रणका लागि क्रूर युद्धमा छन् । उक्त राज्य गत वर्षको अन्त्यदेखि अर्धसैनिक नियन्त्रणमा छ । आइतबार, सेनाले आइतबार आरएसएफको अल–जजिरा कमान्डर अबु अक्ला काइकलले अर्धसैनिक बल छोडेर ‘ठूलो सङ्ख्यामा आफ्ना सेनाहरू’ लिएर ‘हाम्रो सेनासँग लड्न’ आएको घोषणा गरेको छ ।
यसलाई उनीहरूले सैन्य पक्षमा पहिलो उच्च–प्रोफाइल भगौडाको रूपमा बताएका छन् । सेना प्रमुख अब्देल फत्ताह अल–बुरहानका प्रवक्ताले काइकल र अन्य भगौडाहरूले ‘माफी’ पाउने बताए।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया