रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
मेरोन्यूज
२०८१ कार्तिक ८ गते १०:४२

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइँदै छ ।
छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनीहरूमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको हो ।
सम्बन्धित
प्रतिक्रिया