सोमबार, चैत ९, २०८२

काठमाडौं महानगरमा प्लास्टिक तथा प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध

मेरोन्यूज २०८१ कार्तिक ८ गते १३:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै प्लास्टिक तथा प्लास्टिकका पुष्प गुच्छा, मालामा प्रतिबन्ध लगाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

चालू आवको वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्रीवितरण, ओसारपसार तथा प्रयोगमा पूर्ण निषेध गरिएको हो।

उक्त वस्तुको उत्पादन, बिक्रीवितरण, ओसारपसार र प्रयोग गरेको अनुगमनमा फेला परे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार कारबाही हुने महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाएको छ।

प्रतिक्रिया