कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल

भक्तपुर । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् ।
आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आइटी) को युग सुरु भएको बताए ।
उनले भने, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आइटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।”
अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरूरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे ।
उनले भने, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युत्बाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।”
कार्यक्रममा इलेक्ट्रोनिक कार दिपल कम्पनीको अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय इलेक्ट्रोनिक कारको माग उच्च रहेको र हाल दैनिक सयवटा गाडी बिक्री हुँदा ८० वटा इलेक्ट्रोनिक गाडी रोज्ने गरिएको बताए ।











बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया