लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
काग्रेस-माओवादी गठवन्धनवाट माओवादी केन्द्रका दल नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्रीका लागि प्रस्तावित
काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । गण्डकीमा काग्रेस, माओवादी केन्द्र र जसपाले मिलेर त्यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको एक साता नपुग्दै लुम्विनीमा पनि यही गठवन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको हो ।
सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि ४३ सदस्य चाहिन्छ । मुख्यमन्त्री रहेको दल एमालेसाग ४१ सदस्य छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।
मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वासिला नेता मानिन्छन् ।

















आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया