साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक फाइनलमा
मेरोन्यूज
२०८१ कार्तिक ११ गते १६:४६

काठमाडौं। बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा भुटानविरुद्ध बंगलादेशले ७–१ को सहज जित निकालेको हो ।
बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एक/एक गोल गरे ।
यता भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् ।
बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।
अब उपाधिका लागि बंगलादेशले भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने छ ।



सम्बन्धित
















दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया