सोमबार, वैशाख ८, २०८२

स्रोत नखुलेको ५ लाखसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०८१ कार्तिक १२ गते १३:५३

रौतहट। स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया