२४ फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक १३ गते १५:३०

राजविराज । विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागुऔषध कसूरका प्रतिवादी छन् ।
अदालतले पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए।
त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट रु तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन् ।
सम्बन्धित










एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया